२०८१ जेठ ४, शुक्रबार    

कांग्रेस १ को ‘क’ कोषाध्यक्ष अधिकारी, प्रवक्ता ढकाल

२०७८ चैत्र १३, आईतबार १०:३६ बजे

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र ‘क’ को कोषाध्यक्षमा छायाा अधिकारी र प्रवक्तामा मोहनप्रसाद ढकाल चयन भएका छन् ।

पार्टी कार्यालय हात्तीसुाढेमा सभापति सुशान्तकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले कांग्रेसको बिधान २०१७ को धारा १० उपधारा ४ (ख) बमोजिम सदस्य समेत मनोनित भएका छन् । क्षेत्रीय सदस्यमा मकवानपुरगढीका सन्तोष परिया, हेटौंडाका श्रवणकुमार मिश्र, शिखरपुरका फूलराज थिङ, बकैयाका ठाकुर बोलखे, राईगाउाका शुक्रराम राई, मन्थलीका सन्तबहादुर भोलनलाई मनोनित गरिएको छ ।

बैठकमा १ को प्रदेशसभा ‘क’ सभापति सुशान्तकुमार श्रेष्ठले कार्यसमितिलाई वडावडामा पुगेर मत सर्वेक्षण गर्दै नेपाली कांग्रेसको एजेण्डालाई बुझाउन अनुरोध गरेका थिए । ‘स्थानीय तहको निर्वाचनको मिति नजिकिसकेको छ ।

कांग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान पनि सञ्चालन भैरहेको छ’, सभापति श्रेष्ठले भने, ‘यो अभियानलाई प्रभावकारी बनाउादै पार्टीका उम्मेदवारले जित्ने गरी जनताको सुखदु:खमा साथै रहन अनुरोध गर्दछु ।’ वास्तविक वस्तुस्थिती पार्टी समक्ष ल्याउन उनले अनुरोध गरेका थिए ।