२०८१ बैशाख २०, बिहीबार    

प्रधानमन्त्री देउवा, दाहाल र नेपाल छलफलमा

२०७८ माघ २९, शनिबार १३:०६ बजे

काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धका दुई नेताबीच छलफल जारी छ । शनिबार प्रधानमन्त्री देउवासँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष सहभागी छन् ।

समसामयिक राजनीतिक विषयमा उनीहरुबीच छलफल चलिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । एमसीसी सम्झौता र स्थानीय चुनाव लगायतका विषयमा पनि उनीहरुबीच छलफल भइरहेको उनले बताए ।

पछिल्लो समय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता अनुमोदन गर्ने सम्बन्धमा नेपाली राजनीतिक दलबीच फरक फरक धारणा आइरहेको हुँदा उनीहरु छलफलमा जुटेको बताइएको छ ।