२०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा लागुऔषध कारोबारी र लागुऔषध नियन्त्रणमा लिन हवाई फायर

२०७९ जेठ १८, बुधबार १५:११ बजे

मंगलबार राती हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारी र लागुऔषध नियन्त्रणमा लिएको छ । 

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले हेटौंडा–१९ मा लागूऔषधको कारोबार भैरहेको छ भन्ने सुचाना पाएपछी पुगेको प्रहरीलाई कारोबारीले आक्रमणको प्रयास गरेपछि प्रहरी हवाई फायर गरिएको बताए ।

डिएसपी कार्कीले प्रहरीको पेस्तोल खोस्ने र प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको बताए । प्रहरीले वानरेक्स ३४ पिससहित हेटौंडा–३ बस्ने ३४ वर्षिय रबि घलान र ३० वर्षिय बिनोद बललाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको बताए ।