२०८१ बैशाख १९, बुधबार    

कांग्रेस सभापति भन्छन् : सडक विस्तार गर्दा वास्तविक पीडितलाई न्याय दिनुपर्छ

२०८० असार २४, आईतबार १८:४६ बजे

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले हेटौंडा बजार क्षेक्रको सडक विस्तार गर्ने त्रममा वास्तविक पीडितलाई न्याय गर्न जरुरी रहेको औंल्याएका छन् ।

सडक डिभिजन कार्यालय मकवानपुरले पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडाको राप्तीपुलदेखि पथलैयासम्म सडक दायाँबायाँ २५ मिटर विस्तार गर्ने तयारी गरिरहँदा कांग्रेस सभापति लामाले द्वन्द्वरहित तवरबाट विकास गर्न जरुरी रहेको औंल्याएका हुन् । उनले सर्वदलिय छलफलको क्रममा सडक विस्तार गर्नुपर्ने अहिले आवश्यकता भएपनि यस आयोजनाबाट सुकुम्बासी नै हुनेको हकमा राज्यले न्याय गर्नुपर्ने बताए ।

‘कमजोरलाई राज्यले पेल्नुहुँदैन । न्याय दिनुपर्छ । हेटौंडाको सडक विस्तार गर्नु अहिलेको आवश्यकता हो । सवै राजनीतिक तथा सरोकारवाला निकाय एकै कित्तामा उभिएर द्वन्द्वरहित तवरबाट यस विषयलाई हल गरौं ।’, उनले लामो समयदेखि किचलो हल गर्न पनि सडक विस्तार हुनुपर्ने प्रष्ट्याए ।

‘सडक विस्तारको विषयमा लामो समयदेखि विभिन्न किसिमको बहस भइरहेको छ । वास्तविक पीडितलाई राहत र क्षतिपूर्ति दिनुपर्छ । यस विषयमा राजनीतिक दल समेत बोल्न जरुरी छ । राज्यले विकासको नाममा कुनै पनि व्यक्तिलाई सुकुम्बासी बनाउन हुँदैन ।’, सभापति लामाले राजनीतिक दलले पीडितको आवाजलाई सम्बोधन गरेर अगाडि बढ्दा द्वन्द्वको समाधान पनि हुने र विकासमा नयाँ मोडल स्थापित हुने दावी गरे ।

क्षतिपूर्ति र राहतको विषयमा स्थानीय तह र सडक डिभिजनले संयुक्तरुपमा पीडितको गुनासो सुन्ने र हल गर्ने समिति बनाएर काम गर्नुपर्ने उनको सुझाव छ । ‘राजनीतिक दल पीडितको पक्षमा बोल्ने निकाय हो । हामीले वास्तविक पीडितको पहिचान गरेर अगाडि बढ्दो २०२१ सालदेखिय रोकियो यस योजना साच्चै अहिले समाधान हुने अवस्थामा पुगेको छ ।’, सभापति लामाले स्थानीय तह, प्रदेश र संघीय सरकारले सडक विस्तारबारे एउटै धारणा हुन जरुरी रहेको बताए ।