२०८१ बैशाख १७, सोमबार    

आइतबारबाट चैनपुरको जेसीज सप्ताह

२०८० आश्विन २७, शनिबार १८:५८ बजे

मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशिल जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह आइतबारबाट सुरु हुने भएको छ । विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन लागिएको आयोजकले जानकारी दिएको छ ।

पहिलो दिन जेसीजको सम्पर्क सचिवालय उद्घाटन र जेसीजको बिषयमा जेसीजका सदस्यका बीच हाजिरीजवाफ प्रतियोगिता हुनेछ । हाजिरीजवाफको विजेतालाई नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएको छ । यस्तै २९ गते सोमबार राक्सिराङमा रहेको श्री आधारभुत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण र मनहरी ३ लामिटारमा लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम हुनेछ । स्थानीय टोल विकाससँस्थाको आग्रहमा लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम आयोजना गर्न लागिएको जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए ।

'सबै जेसीजले विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउने गरेका छन् । सोही क्रममा हाम्रो यस चैनपुर जेसीजले पनि स्थापनाको पहिलो बर्षको जेसीज सप्ताह आयोजना गर्न लागेका छौँ', अध्यक्ष अधिकारीले भने, 'छोटो तयारीका वीच ६ वटा कार्यक्रम गर्न लागेका छौं । योजना अनुरुप अझ अरु कार्यक्रम पनि गर्न बाँकी रहेको छ ।' ३० गते बिहान जेसीज दौड प्रतियोगिता र सूर्यकिरण युवा क्लवलाई खेलकुद सामग्री हस्तान्तरण रहेको छ । २ किलोमिटर दौडको प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ ।

'सबै जेसीजले विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउने गरेका छन् । सोही क्रममा हाम्रो यस चैनपुर जेसीजले पनि स्थापनाको पहिलो बर्षको जेसीज सप्ताह आयोजना गर्न लागेका छौँ', अध्यक्ष अधिकारीले भने, 'छोटो तयारीका वीच ६ वटा कार्यक्रम गर्न लागेका छौं । योजना अनुरुप अझ अरु कार्यक्रम पनि गर्न बाँकी रहेको छ ।' कात्तिक १ गते जेसीज कप फुटबल सँग जेसीज सप्ताह कार्यक्रमको समेत समापन गरिने चैनपुर जेसीजका महासचिव रबिन ढकालले जानकारी दिए ।

जेसीज सप्ताहका लागि कार्यकारिणी उपाध्यक्ष महेन्द्र राना मगर मुल कार्यक्रम संयोजक रहेका छन् भने उपाध्यक्ष मिलन ढुंगाना सहमुल कार्यक्रम संयोजक रहेका छन् ।