२०८१ बैशाख ८, शनिबार    

स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित्दा, एमाले-काँग्रेस हेरेको हेरै

२०७९ जेठ ११, बुधबार १३:२१ बजे

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार  साह जित्दा, एमाले र काँग्रेस हेरेको हेरैभएका छन्। मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् ।

अब काठमाडौँ महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौँ महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गणना भएको छ ।


साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौँ महानगरपालिकामा काँग्रेस र एमालेको बलियो सङ्गठनलाई तोड्दै साह विजयी भएका हुन् ।

यस्तै उप मेयरमा भने एमालेकी सुनिता डङ्गोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।