नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले हेटौंडामा आफ्नो पूर्वपार्टी एमालेको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले समाजवादको एजेण्डा बिना एमाले टिक्न नसक्ने दावी गरेका छन् । एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई भजाएर हिँडिरहेको तर, अब समाजवाद बिना एमाले पनि टिक्न नसक्ने उनले टिपपणी गरेका छन् ।
एकीकृत समाजवादी हेटाौडा उपमहानगरपालिका कमिटीको शनिबारबाट सुरु भएको अधिवेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्ती समेत रहेका खनालले दक्षिणपन्थी अवसरवादकै कारण दुई–तिहाई बुहमत प्राप्त नेकपाको सरकार ढालेर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद २ पटक विघटन गरेको आरोप लगाए ।
‘अब सबै दलले समाजवादलाई मुख्य मुद्दा बनाउनु पर्छ । एमालेले जबज मात्र भनेर हुन्न । आजसम्म त जबज भनेर आइरहेको छ अब समाजवादलाई मुद्दा नबनाउने हो भने एमालेलाई पनि टिक्न गाह्रो छ । ढिलो चााडो एमाले पनि समाजवादको मुद्दामा आउाछ’, खनालले भने ।