२०८१ बैशाख १४, शुक्रबार    

प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

२०७९ पौष १८, सोमबार १५:२४ बजे

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।

प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।

उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले पुस ११ गते शपथ लिएका थिए । विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन् ।