२०८१ बैशाख १५, शनिबार    

कांग्रेस बागमती प्रदेशको संगठन विभाग प्रमुखमा माइकल

२०८० असार २४, आईतबार १८:१७ बजे

नेपाली कांग्रेस बागमती प्रदेश समितीको संगठन विभाग प्रमुखमा रामचन्द्र अर्याल ‘माइकल’ मनोनित भएका छन्।

नेपाली कांग्रेसको विधानको धारा १३ (६) को ‘झ’ बमोजिम प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले आइतबार माइकललाई संगठन विभाग प्रमुखमा मनोनित गरेका हुन् ।

कांग्रेस महासमिति सदस्यसमेत रहेका माइकल मकवानपुरका पूर्व पार्टी सभापतिसमेत हुन् ।

त्यसैगरी धारा १३ (१०) को ‘झ’ बमोजिम प्रदेश सदस्यमा प्रदीप कोइरालालाई मनोनित गरिएको छ । उनी कांग्रेस मकवानपुरका निवर्तमान प्रवक्तासमेत हुन् ।