२०८१ बैशाख ६, बिहीबार    

प्रेमीप्रेमिका र साथीबाट हुने हिंसा बढ्दो

२०७९ श्रावण २१, शनिबार १५:४७ बजे

प्रेमिप्रेमिका र साथीबाट हुने हिंसा बढ्दो अवस्थामा देखिएको छ । विभिन्न संघसंस्थाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार आफ्न्त र प्रेमिप्रेमिका तथा साथीबाट हुने हिंसा बढ्दो देखिएको हो ।

अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले आर्थिक वर्ष २०७८/७९ को तथ्यांकले पनि त्यस्तै देखाएको छ । गतआवमा केन्द्रले ३ सय ३६ जनालाई सेवा दिएको थियो । ओसीएमसीकी स्टाफ नर्स पुजा ओझाले यौनहिंसा पीडित भई गर्भ रहेका ८ जनाको गर्भपतन समेत गरिएको जानकारी दिइन् ।

अघिल्लो आर्थिक वर्षमा ९ जनाको गर्भपतन गराउनु परेको जानकारी गराउँदै स्टाफ नर्स ओझाले मानसिकरुपमा समेत विक्षिप्त भएका ३ जनालाई सेवा प्रदान गरेको बताइन् । ओसीएमसीले हिंसा पीडित २ सय ८० जनालाई मनोविमर्श सेवा प्रदान गरेको छ । सबैभन्दा बढी श्रीमानबाट ८६ जनाले हिंसा व्यहोर्नु परेको विवरण सार्वजनिक गरिएको छ भने घरपरिवारकै सदस्यबाट ६८ जना पीडित भएका छन् ।

प्रेमी, प्रेमिका र साथीबाट हिंसा पीडित हुनेको संख्या ४७ छ । अघिल्लो दुई आर्थिक वर्षको तुलना हिंसा पीडितको संख्यामा भने केही कमी देखिएको छ ।