२०८१ बैशाख २४, सोमबार    

वतृत्वकलामा न्यौपाने प्रथम

२०८० कार्तिक १५, बुधबार १७:१३ बजे

जिल्लास्तरीय स्वर्गीय बुद्धरत्न शाक्य स्मृति खुल्ला वतृत्वकला प्रतियोगिताको उपाधी मकवानपुर बहुमुखी क्याम्पसका छात्र सुनिल न्यौपानेले जितेका छन् ।

हेटौंडा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् पहिलो दिनको दोस्रो कार्यक्रममा बुधबार भएको वतृत्वकलामा वनविज्ञान अध्ययन संस्थान हेटौंडा–१० का छात्रा कृतिका लौडरी दोस्रो तथा मकवानपुर बहुमुखीका छात्र उचित बजगाईं तृतीय भए । उनीहरुलाई नगदसहित प्रमाणपत्र एवम् पुरस्कार प्रदान गरिएको थियो ।

लेडी जेसीज अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पस सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । वतृत्वकलामा पविक्रा गुरुङ कार्यत्रम संयोजक रहेकी थिइन् ।

जेसीज सप्ताहअन्तर्गत् विहीबार विहान हेटौंडा–२ स्थित ओम वृद्धाश्रममा खाद्यान्न वितरण तथा दिउँसो वैठक सञ्चालन प्रणालीको विषयमा तालिम हुनेछ ।