२०८१ बैशाख १४, शुक्रबार    

हेटौंडा जेसीजमा बर्तौला सर्वसम्मत

२०७९ पौष २, शनिबार १५:०० बजे

हेटौंडा जेसीज वर्ष २०२३ अध्यक्षमा श्रवणकुमार बर्तौला सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का उम्मेदवार पंकजकुमार बनियाँले उम्मेदवारी फिर्ता लिएसँगै बर्तौला सर्वसम्मत निर्वाचित भएका हुन् । शुक्रबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा उपाध्यक्षतर्फ पनि ४ जना सर्वसम्मत निर्वाचित भएका थिए ।

उपाध्यक्षमा सन्तोष पराजुली, मिलन ढकाल, सञ्जय न्यौपाने र राजुप्रसाद श्रीवास्तव सर्वसम्मत चयन भएका छन् । यता २ जना कार्यकारिणी उपाध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । कार्यकारिणी उपाध्यक्ष चयनका लागि मतदान भइरहेको छ ।

कार्यकारिणी उपाध्यक्षमा विवेक आनन्द न्यौपाने, विकेशलाल श्रेष्ठ, संगीत श्रेष्ठ र अमृत बर्तौलाको उम्मेदवारी दर्तावीच चुनावी प्रतिस्पर्धा भइरहेको छ । जेसीआई हेटौंडामा १ सय ५८ जना सदस्यले मतदान गर्न पाउनेछन् ।