२०८१ माघ २८, सोमबार    

हेटौंडा जेसीज अध्यक्षमा ३ को उम्मेदवारी

२०८१ पौष १२, शुक्रबार १७:०९ बजे

हेटौंडा जेसीजको अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा पंकज दास बनियाँ, विवेक आनन्द न्यौपाने र अमृत बर्तौलाले उम्मेदवारी दर्ता गराएका हुन् । बनियाँ २०२४ का महासचिव हुन् भने न्यौपाने कार्यकारिणी उपाध्यक्ष हुन् । बर्तौला अघिल्लो वर्ष अध्यक्ष पदमा विकेशलाल श्रेष्ठसँग पराजित भएका थिए । अझै चुनावी कार्यतालिका अनुसार ककसको कार्यक्रम बाँकी नै रहेको छ । ककसमा भाग नलिने उम्मेदवार स्वतः बाहिरिने छन् । स्रोतका अनुसार बर्तौलाले ककसबाट हात झिक्ने सम्भावना रहेको छ ।

२ कार्यकारिणी उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा सन्तोष पराजुली, विश्वप्रसाद गौतम, सञ्जिव तिमल्सिना ‘सुदिप’ र गंगाप्रसाद पौडेल रहेका छन् । यस्तै ४ उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिनेमा विवेक फुयाँल, शिशिर पराजुली, कुशल रिजाल, किरण आले, प्रविण श्रेष्ठ, विराज गौतम र अन्जेश ढकाल रहेको निर्वाचन आयुक्त श्रवणकुमार बर्तौलाले जानकारी दिए ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय जेसीजको निर्वाचनबाट अध्यक्ष, २ कार्यकारिणी उपाध्यक्ष र ४ उपाध्यक्ष निर्वाचित हुनेछ । बाँकी पदहरु अध्यक्षले मनोनित गर्नेछन् । निर्वाचित कार्यसमितिको कार्यकाल एक वर्षको हुनेछ ।