२०८१ जेठ ३, बिहीबार    

चौलागाईं युवा संघको आर्थिक विभाग प्रमुख

२०७८ माघ २, आईतबार १०:५४ बजे

हेटौंडा/ युवा संघको ९ औं महाधिवेशन आयोजक कमिटीको आर्थिक विभाग प्रमुखमा मकवानपुरका सन्तोष चौलागाईं चयन भएका छन् ।

फागुन ११ गते नेपालगञ्जमा हुने नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पोखरामा भएको सचिवालय बैठकले एमाले केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समिति गठनहुँदा युवा संघका केन्द्रीय सदस्य चौलागार्इं आर्थिक प्रमुख भएका हुन् ।

सचिवालय बैठकबाट आयोजक कमिटीको सामाजिक विकास प्रमुखमा मकवानपुरकै आरती पाठक, सदस्यहरुमा मिलन पाठक, दिलु घर्ती र रमिला घलान चयन भएका छन् । वैठकले महाधिवेशनका लागि ३३ वटा विभाग निर्माण गरेको छ ।