२०८१ बैशाख ८, शनिबार    

प्रदेशसभाको वर्षे अधिवेशन आव्हान

२०८० जेठ २, मंगलबार १७:१७ बजे

प्रदेशसभाको वर्षे अधिवेशन आव्हान भएको छ ।

वाग्मती प्रदेश सरकारले प्रदेश सभाको बाह्रौ अधिवेशन आव्हान गरेको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार सूचना जारी गर्दै अधिवेशन जेठ ९ गते दिनको १ बजेका लागि आव्हान गरेक ाहुन् ।

वाग्मती प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बैठक आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद् सिफरिसमा प्रमुख शर्माले अधिवेशन आव्हान गरेका हुन् ।

अधिवेशनमा प्रि बजेटको विषयम संसदमा छलफल हुने बागमती प्रदेश सभाका सचिव कृष्णहरी खड्काले जानकारी दिए । अधिवेशनमा प्रदेश प्रमुख शर्माले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नेछन् ।