२०८१ बैशाख ३१, सोमबार    

लकडाउन हुँदैन : स्वास्थ्य मन्त्री खतिवडा

२०७८ माघ ४, मंगलबार २१:१४ बजे

हेटौंडा/ स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोना संक्रमित बढेपनि देशमा लकडाउन नहुने बताएका छन् ।

नेपालमा दैनिकरुपमा कोरोना संक्रमित बढेसँगै आमनागरिकमा लकडाउन हुने डर पैदा भइरहेको बेला मंगलबार गृहनगर हेटौंडा आइपुगेका मन्त्री खतिवडाले यस्तो बताएका हुन् । ‘सरकार लकडाउन गर्ने पक्षमा छैन । कोरोनासँग बच्दै दैनिकी सञ्चालन गर्नुको विकल्प छैन ।’, मन्त्री खतिवडाले कोरोनाबाट बच्न स्वास्थ्यकर्मीले भने अनुसार मापदण्ड पालना गर्न समेत सुझाए ।

उनले कोरोनाविरुद्धको भ्याक्सिनको पनि अभाव नहुने स्पष्ट पारे । देशमा अझै एक करोड डोज कोरोनाविरुद्धको भ्याक्सिन स्टक रहेको उनले बताए । ‘चार करोड खोप ल्याएका थियौं । तीन करोड प्रयोग भइसकेको छ । अझै दुई करोड ल्याउँदैछौं ।’, उनले जनताको घरमै पुगेर खोप लगाउन स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिए । सातै प्रदेशमा खोप अभियान तीब्ररुपमा सञ्चालन भइरहेको उनको दावी थियो ।