२०८१ बैशाख ७, शुक्रबार    

अर्थमन्त्री शर्मा: माओवादीले एमालेसँग छलफल गर्ने

२०७९ असार २२, बुधबार ११:५३ बजे
माओवादी बैठकमा अर्थमन्त्री शर्माले भने- म निर्दोष छु  ।माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् । माओवादीको पूर्वस्थायी कमिटी सदस्यहरूसँगको छलफलमा दाहालले अर्थमन्त्री प्रकरण बढ्दै गएको भन्दै कुरा राखेका थिए ।


माओवादी केन्द्रीय सदस्य हरिबोल गजुरेलका अनुसार दाहालले एमालेसँग परामर्श गरेर अगाडि बढ्ने बताएका छन् । दाहालको भनाइ उल्लेख गर्दै गजुरेलले भने, ुप्रमुख प्रतिपक्षी एमालेसँग कुरा गरेर अगाडि बढ्ने कुरा हुन्छ ।



बैठकमा अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले आफ्ना कुरा राखेका थिए । उनले आफू निर्दोष भएको दाबी गरेका थिए । ुउहाँले बाहिर आएजस्तो होइन भन्नुभयो । उनले आफू निर्दोष रहेको बताए गजुरेलले भने ।

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।