२०८१ बैशाख २०, बिहीबार    

हेटौंडामा मेयर कप रेपिड बुद्धिचाल सुरु

२०७८ चैत्र ११, शुक्रबार १३:१६ बजे

हेटौंडामा शुक्रबारबाट हेटौंडा मेयरकप रेपिड बुद्धिचाल प्रतियोगिता–२०७८ सुरु भएको छ ।

नेपाल खेलकुद महासंघ र वाग्मती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन हेटौंडाका मेयर हरिबहादुर महतले गरेका थिए । महासंघ अध्यक्ष सविन लामाको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल वुद्धिचाल संघ केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठको उपस्थिति रहेको थियो । दुईदिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ६० जना खेलाडी सहभागी हुने संघ केन्द्रीय सचिव धरम लामाले जानकारी दिए ।

प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ५०, २५ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता स्वीस लिगको आधारमा सञ्चालन हुनेछ ।