२०८३ बैशाख ५, शनिबार    

एपिएफकी रश्मिले पाइन् स्कुटर

२०८२ बैशाख २५, बिहीबार २१:२१ बजे

हेटौंडामा विहीबार सम्पन्न महिला राष्ट्रिय फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मि घिसिङ घोषित भइन् । उनले स्कुटर प्राप्त गरिन् ।

उनले वीरगंजविरुद्धको खेलमा ५ गोल र संकटाविरुद्धको खेलमा गोल गरेकी थिइन् । उनलाई बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर बानियाँले स्कुटर प्रदान गरेका थिए ।

एपिएफका क्रमशः उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जिवेश कुमार पाण्डे घोषित भए । यस्तै पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र डिफेन्डर समीक्षा घिमिरे घोषित भइन् । विधागत सबैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना बैशाख १९ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए ।