२०८१ बैशाख २०, बिहीबार    

युवा व्यवसायी व्यवसायी भेटवालको निधन

२०८० चैत्र २१, बुधबार १९:३१ बजे

मकवानपुरका व्यवसायी एवम् सहकारी अभियान्ता गणेशप्रसाद भेटवालको निधन भएको छ । भारतको दिल्लीमा उपचारको क्रममा उनको बुधबार निधन भएको हो ।

कलेजोको समस्याका कारण उपचारका लागि काठमाडौं हुँदै दिल्ली लगिएको थियो । ४८ वर्षका भेटवाल व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत आबद्ध रहेका थिए । निर्माण व्यवसाय पेशामा आबद्ध भेटवाल हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष समेत रहेका थिए ।

उनी दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटृडका उपाध्यक्ष, हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष, बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष, निर्माण व्यवसायी संघ मकवानपुरका पूर्व उपाध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् पूर्व उपाध्यक्ष रहेका थिए ।

उनको निधनप्रति मकवानपुरका व्यवसायी, सामाजिक व्यक्तित्वहरुले दुख व्यक्त गरेका छन् । उनको बिहीबार बिहान हेटौंडा १९ स्थित बस्तीपुरमा अन्त्येष्टी गरिने परिवारले जानकारी दिएको छ ।