२०८१ बैशाख ८, शनिबार    

विनोद चौधरीको सम्पत्ति एक वर्षमा ४० अर्बले बढ्यो

२०७९ चैत्र २२, बुधबार १६:४९ बजे

नेपालका एक मात्रै फोर्ब्स डलर अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ४० अर्ब रुपैयाँले बढेको छ ।

फोर्ब्सले बुधबार सार्वजनिक गरेको सन् २०२३ को विश्भरका धनाढ्यहरुको सूचीमा चौधरी १ हजार ६४७ औं स्थानमा आइपुगेका छन् । गत वर्ष सन् २०२२ मा उनी १ हजार ९६५ औं स्थानमा थिए ।

गत वर्ष चौधरीको कुल सम्पत्ति एक खर्ब ९७ अर्ब थियो । एक वर्षमा उनको सम्पत्ति बढेर करिब २ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

बुधबार सार्वजनिक भएको विश्वका धनाढ्यहरुको सूचीको शीर्ष स्थानमा फ्रान्सका बेनार्ड अल्नार्ड छन् । उनको कुल सम्पत्ति २२८.५ बिलियन अमेरिकी डलर छ । दोस्रो स्थानमा एलन मस्क रहेका छन् ।