२०८० चैत्र १५, बिहीबार    

ग्याँस व्यवसायीको १० औं साधारणसभा

२०७९ मंसिर १८, आईतबार १५:२५ बजे

मकवानपुर ग्याँस व्यवसायी संघको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा—१९ सन्नान्नटार स्थित तपोवन क्षेत्रमा १० औं वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।

साधारणसभामा संघका सचिव केशव मुडभरी र कोषाध्यक्ष कृष्ण ढुंगानाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभा मकवानपुर ग्याँस व्यवसायी संघको अध्यक्ष दिलिसगोविन्द जोशीको सभाध्यक्षता तथा नेपाल ग्याँस विक्रेता महासंघ बागमती प्रदेश समितिका अध्यक्ष बिनोदमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेपाल ग्याँस विक्रेता महासंघ सहकोषाध्यक्ष राधिका महर्जन, मकवानपुर उद्योग वाण्ज्यि संघका उपाध्यक्ष उज्ज्वल चौलागाई र राजु अधिकारी लगायत संघका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।