२०८१ बैशाख १३, बिहीबार    

३३ करोड लगानीको सुबिधा सम्पन्न होटल 'होटल स्मारक सञ्चालनमा'

२०७९ कार्तिक १, मंगलबार १३:२२ बजे

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ सहीद स्मारकमा ३३ करोड लगानीमा निर्माण भएको सुबिधा सम्पन्न होटल सञ्चालनमा आएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मनोरम पर्यटकीय क्षेत्र सहिद स्मारक नजिकै सुबिधा सम्पन्न होटेल खुलेको हो ।

चार जना युवाहरुको लगानीमा होटल स्मारक खुलेको हो । देश सङ्गै बिदेशमा पनि चर्चा बटुल्दै गरेको सहिद स्मारकमा आएका पर्यटकहरुलाई लक्षित गरि यो होटेल संचालन गरीएको सञ्चालक बालकृष्ण बजगाईले बताए । प्रदेशको राजधानी भएपछि झन् हेटौंडामा बास बस्न होटेल नपाउने थप समस्या सिर्जना भैरहेको पनि होटल खोलीएको बताए  ।

स्मारकमा आएका पर्यटकहरुलाई नजिकै होटेल नहुदा झन् सास्ती पनि भैरहेको थियो । यसकारण पनि यो क्षेत्रमा आउने सबैकाई सेवा सुबिधा उपलब्ध होस् भन्ने पनि लक्ष्य राखेर होटल खोलीएको हो ।

 

हेटौंडा बजारको भिडभाड भन्दा पनि शान्त वातावरण नै यो होटेलको बिषेशता रहेको छ । १२ कठ्ठा ११ धुर क्षेत्रफलमा फैलिएको होटेलको निर्माण लागत ३३ करोड रहेको छ । होटलमा ३५ सय रुपैयाँ देखि १८ हजार रुपैयाँ सम्मका कोठा उपलब्ध रहेको उहाँले बताउनुभयो । ३ सय जना क्षमताको बेन्क्युट हल, १५० जना क्षमताको कन्फ्रेन्स हलसहितको सुबिधा पनि उपलब्ध गरिएको छ ।

यस्तै हप्ताको ७ दिन नै संचालन हुनेगरी स्विमिङ पूल र यथेष्ट पार्किङको पनि सुबिधा पनि ब्यबस्थापन गरिएको छ । होटेलहरुको भिडमा फरकपन दिने उद्देश्यले बाहिरबाट आधुनिक डिजाईनमा तयार गरिएको छ । होटलमा मौलिकता झल्कने गरि काठका डिजाइनहरुलाई समावेश गरिएको छ ।
कतिपय होटेलहरु सुत्नको लागि मात्र प्रयोग हुने खाना खानको लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्दै रेस्टुरेन्टको सुबिधा प्रदान गर्दै सुपथ मुल्यमा खानाका परिकारहरु उपलब्ध गराउन पनि होटेल सदैव तत्पर रहेको छ ।

यस पर्यटकीय क्षेत्रमा सन्चालनमा आएको होटेल स्मारकमा मकवानपुरलगायत देशैभरबाट आएका पर्यटकलगायत सम्पुर्ण महानुभावहरुलाई स्वागत गर्न आतुर रहेको संचालकहरु बताउँछन् । होटलमा बसन्त नेपाल, रोषन बतौंला, गोपाल श्रेष्ठ लगायतका सञ्चालकहरु रहेका छन् ।