२०८१ भाद्र ३०, आईतबार    

हेटौंडा–१३ का कृषकलाई अनुदानको सामग्री

२०८१ असार ९, आईतबार १८:५७ बजे

हेटौंडा– पछिल्लो समय दुग्ध उत्पादन जोडिएका हेटौंडा–१३ पदमपोखरीका कृषकहरुलाई अनुदानको सामग्री हस्तान्तरण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०÷०८१ मा स्वीकृत बार्षिक प्रदेश सरकारबाट हस्तान्तरित आर्यक्रम ( शसर्त अनुदान) बाट पशु पालनमा रहेका किसानहरुलाइै समग्री हस्तान्तरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा गाई प्रवद्र्धन कार्यक्रम अन्तरर्गत ५० प्रतिशत अनुदानमा सामग्री कार्यक्रम अन्तरगत पशु पालनका लागि आवश्यक सामग्री हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख

मीनाकुमारी लामाले हस्तान्तरण गरेकी हुन् । सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख लामाले उत्पादनसँग जोडिर्दै आर्यआर्जनमा लाग्न आग्रह गरीन । पुर्वाधारको बिकाससँगै उत्पादनसँग जोडिएर अघि बढ्न सुझाब दिइन् । सामग्रीको प्रयोग गरी दुग्ध उत्पादनमा काम गर्दै आर्यआजनमा बढवा दिन उनले सुझाब दिइन् ।

कार्यक्रममा पशुमा लाग्ने बिभिन्न लम्पि·, खोरेत रोगको संक्रमणको समयमा आवश्यक हुने स्प्रे पम्प, काउ म्याट, घाँस काट्ने मेसिन, गाई नुहाउँने मेसिन, पानी टंकी सहितको सामग्री ८२ जना पशु पालक किसानहरुलाई बितरण गरीएको हो ।

आधाभार कृषक समुहका अध्यक्ष फेन्चु लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१३ का अध्यक्ष पेम्बा लामा, वडा सदस्यहरु सानुमाया नेपाली, उत्तम गोम्जा, दावा लामा, वडा सचिब केशब बोहरा, पशु सेवा केन्द्र हेटौंडा १३ का प्रमुख प्रदिप शाह, पशु प्राविधिक कविता चौलागाई लगाएतथको आतिथ्यता रहेको थियो ।