२०८१ बैशाख २७, बिहीबार    

वाग्मती प्रदेशसभाको वैठक अनिश्चित

२०७८ फाल्गुन १५, आईतबार ११:२५ बजे

वाग्मती प्रदेशसभाको वैठक अनिश्चित बनेको छ । प्रदेशसभाको फागुन १६ गते सोमबारका लागि तय भएको बैठक अनिश्चितकालको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले सूचना जारी गर्दै विशेष कारणवस बैठक स्थगित गर्नुपरेको उल्लेख जनाएको छ ।

नेपाली कांग्रेसको विभिन्न जिल्लामा जारी अधिवेशन, एमसीसीका कारण देशमा देखापरेको दलहरुवीचको ध्रुविकरणका कारण वैठक स्थगित गरिएको बुझिएको छ । स्रोतका अनुसार एमालेले वैठक राख्न दिने भनिएपनि पुन: अवरोध गर्ने देखेर सरकारले वैठक सार्ने तयारी गरिरहेको थियो ।

प्रदेशसभा बैठक अघि आइतबार दिउासो १ बजे बस्ने गरी तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक र सर्वदलिय वैठक पनि स्थगित भएको छ । लामो समयदेखि अवरुद्ध हुादै आएको प्रदेशसभा बैठक फागुन ४ गते बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि फागुन १६ गतेको लागि तय भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारले मन्त्रिमण्डल ठूलो आकारमा विस्तार गरेको, अघिल्ला सरकारले गरेका राम्रा योजनाहरु कटौती गरेकोलगायत विषयमा औचित्य पुष्टिको माग गर्दै पुस ८ गतेदेखि संदन् अवरुद्ध पारिरहेको छ ।