२०८१ बैशाख १२, बुधबार    

हेटौंडा १२ मा आचारसंहिता विपरित एमालेको झण्डा

२०७९ बैशाख २४, शनिबार १५:१८ बजे

हेटौंडा  उपमहानगरपालीका वडा नम्बर १२ मा नेकपा एमालेले निर्वाचन आचारसंहिता विपरित झण्डा राखेको छ ।

हेटौंडा-१२ गोठदामारमा एमालेले निर्वाचन आचारसंहिता विपरित झण्डा राखेको हो । एमालेले सार्वजनिक स्थलमा बास गाढेर पार्टिको झण्डा राखेको छ । निर्वाचन आयोगले आचारसंहिता लागिसकेको अवस्थामा कुनैपनी पार्टिको झण्डा प्रयोगमा रोक लगाएको छ । तर,दिनहुँ आचारसंहिता उलंघन गर्दै आएको एमालेले पुनः आचारसंहिताको धज्जी उडाउदै सार्वजनिक स्थानमा झण्डा राखेको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले आचारसंहिता विपरित कुनैपनी पार्टिले झण्डा राख्न नमिल्ने भन्दै यस बिसयमा बुझेर आवश्यक कारवाही अघि बढाउने बताए । मकवानपुरमा दैनिक आचारसंहिता उलंघनको घटना भइरहदा पनि निर्वाचन अधिकृतको कार्यालय भने मौन बसिरहेको छ ।