२०८१ बैशाख १४, शुक्रबार    

भत्ता खान संसद बन्न खोजेको होईन: एकलाल श्रेष्ठ

२०७९ कार्तिक १६, बुधबार १५:४८ बजे

 नेकपा एमाले मकवापुर क्षेत्र नं–१ को ‘ख’ का उम्मेद्वार एकलाल श्रेष्ठले आफु भत्ता खान टोपी ढल्काउन  र मन्त्री बन्नसंसदमा जान नखोजेको बताएका छन् । बुधवार नेकपा एमाले निर्वाचन परिचालन कमिटी , हेटौंडा ५ को आयोजनामा गरेको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आफु जनताको प्रतिनिधि भएर जनताको सेवा गर्नको निमित्त आफु संसदमा जान खोजेको बताएका हुन् ।

एमाले जिल्ला अध्यक्षसमेत रहेका श्रेष्ठले पार्टीमा अनेक संकट आउँदा उभिएको र हेटौंडाको विकासको निमित्त सँधै आवाज उठाउँदै आएको बताए । उनले स्थानीय तहमा जस्तो कुनै पनि कमजोरी नगरि कार्यकर्ताहरुलाई मतदान शिक्षा देखि ओली सरकारले गरेका राम्रा कामको प्रचार गर्न आग्रह गरे।

यसपटक चुनाव जित्ने धेरै आधारहरु भएको भन्दै बर्तमान अवस्थाबाट जनतालाई बचाउन सके चुनाव जित्ने निश्चित भएको श्रेष्ठको भनाई थियो । उनले आफुले चुनाव जितेर गएको अवस्थामा जनताको हितको लागि कानुन बनाउन पहल गर्ने , युवाहरुको विषयमा आवाज उठाउँने र हेटौंडाको विकासमा आहोरात्र खट्ने समेत बताए ।