२०८१ बैशाख १९, बुधबार    

रातोमाटेमा बन्ने भयो चार्जिङ स्टेशन

२०७९ असार ४, शनिबार २२:१५ बजे


हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले हेटौंडा–१५ मा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणको लागि जग्गा उपलब्ध गराउने भएको छ ।

पूर्वपश्चिम राजमार्ग भएर गुड्ने विद्युतीय सवारीलाई लक्षित गर्दै हेटौंडा– १५ को रातोमाटे लच्का नजिकै चार्जिङ स्टेशन निर्माणका लागि जमिन दिने निर्णय भएको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । वडा कार्यालय, स्थानी, सामुदायिक वन उपभोक्ता समूहले जमिन दिनका लागि समस्या नभएको निर्णयपश्चात् उपमहानगरको कार्यपालिका बैठकले स्टेशन निर्माणको लागि करिब ५ कठ्ठा जमिन दिने निर्णय गरेको हो ।

कार्यपालिका बैठकले हेटौंडा–१२ पुर्ननवा आयुर्वेदिक अस्पताललाई पनि जग्गा दिने निर्णय गरेको छ । बैठले उपमहानगरको बिकट क्षेत्रमा रहेर शैक्षिक गुणस्तर बृद्धीमा लागेका शिक्षकलाई भत्ता दिने निर्णय गरेको छ । बैठक हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको थियो ।