२०८१ बैशाख २०, बिहीबार    

राप्रपा नेपालद्वारा कमल थापा उम्मेदवार सिफारिस

२०७९ भाद्र १८, शनिबार १५:१९ बजे

राप्रपा नेपाल मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेद्वार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेद्वार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए ।

जिल्लाको २ नम्बर संघीय क्षेत्र तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम सिफारिस गरिने राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।