२०८१ बैशाख १६, आईतबार    

१२ वर्षीय बालकको हत्या गर्ने पक्राउ

२०७९ पौष १४, बिहीबार १६:२२ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२ वर्षीय बालकको हत्या गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले जिल्लाको हेटौंडा–१६ का सुजन थिङको हत्या गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका ३८ वर्षीय आइतसिं भोम्जन हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पुस ९ गते दिउँसोदेखि बेपत्ता भएका मुस्कान घरबाट अन्दाजी ३०० मिटर पश्चिममा रहेको जरुङगे सामुदायिक वनमा मृत अवस्थामा भेटिएको थियो । मृतकको दुबै हात शरीरको पछाडी पट्टी कपडाको सलले बांधी क्यामुनाको रुखमा सेतो र रातो रंगको खादाले घांटीमा बांधी पासो लगाई झुण्डिएको अवस्थामा पुस १० गते बिहान ७ बजेको फेला परेका थिए ।

तालिम प्राप्त कुकुरसहित घटनास्थलम पुगेको प्रहरी नायव उपरीक्षक कार्कीको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान पश्चात उक्त घटनामा संलग्न हुन सक्ने अनुमानमास्थानीय ७ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवशयक अनुसन्धान गरिएको थियो ।

प्रहरीले सोही घटनाको अनुसन्धानको क्रममा पुस १२ गते मंगलबार भोम्जनलाई घरबाटै नियन्त्रणमा लिई सोधपुछ गर्दा मुस्कानको हत्या आफुलेनै गरेको भनि स्वीकार परेपछि निजलाई सार्वजनिक गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।