वाग्मती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयले संविधान दिवसको दिनमा अन्तर्राष्ट्रिय खेलमा पदक जित्न सफल खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई उपलब्ध गराउने घोषणा गरेको पुरस्कार रकम निकासा गर्ने भएको छ ।
बुधबार विहान हेटौंडामा बसेको वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् वैठकल तत्काल पुरस्कारबापत्को रकम उपलब्ध गराउन प्रदेश खेलकुद विकास परिषद्लाई २३ लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार नवौं राष्ट्रिय खेलकुदको पदकधारी खेलाडीको लागि घोषणा गरिएको पुरस्कार विषयमा कुनै निर्णय भएको छैन ।