२०८१ बैशाख ३१, सोमबार    

म्यादी प्रहरी बन्न तँछाड मछाड

२०७८ चैत्र ८, मंगलबार १५:०९ बजे

मकवानपुरमा म्यादी प्रहरी बन्ने युवाहरुको भीड नै लागेको छ । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुको भीड जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लागेको छ । विहान ७ बजेबाट फारम भर्नका लागि युवाह तँछाड मछाड गरेर लाइनमा बस्ने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार मकवानपुर जिल्लामा १ हजार ३ सय २२ जना म्यादी प्रहरी आवश्यक रहेको छ । आगामी चैत ११ गते शुक्रबारसम्म आवेदन दिने म्याद रहेको उनले बताए ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयले चैत १३ गते सम्पर्क मिति तय गरेको छ भने चैत १५ गते शारीरिक तथा स्वास्थ्य परीक्षणको कार्य गरिनेछ । चैत २२ गते नतीजा सार्वजनिक गरेर चैत २८ गतेबाट तालिम सुरु हुनेछ । ४० दिन काम गर्ने म्यादी प्रहरीले तलब सुविधा ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ, पोशाक भत्ता ६ हजार रुपैयाँ र निर्वाचनस्थलमा खटिन एक हजार रुपैयाँ यातायात खर्च पाउनेछन् ।