२०८१ बैशाख १२, बुधबार    

कैलाशमा उम्मेद्वारहरु जनताका समस्या बुझ्दै घरदैलोमा पुग्दै

२०७९ बैशाख २३, शुक्रबार १७:२४ बजे

कैलाश गाउँपालिकामा एमालेका उमेद्वारलाई जिताउन प्रचार–प्रसारलाई तीव्र पारिएको छ । प्रचार–प्रसार संगै गाउँँ–गाउँँमा कोणसभा समेत आयोजना गरिएको छ । बिहिबार कैलाश—२ को ऐबुङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कैलाश गाउँपालिका अध्यक्षका उम्मेद्वार नरेन्द्र लाल रिजालले गाउँको विकास एमालेको स्थानीय सरकारले मात्र गर्ने बताएका छन् ।


पाँच वर्षसम्म एमालेको स्थानीय सरकार हुँदा गाउँमा सडक, शिक्षा, स्वास्थ्यको स्तर वृद्धि भएका भन्दै अझै अधुरा कामहरु विकास गर्नको लागि अबको निर्वाचनमा एमालेको उमेद्वारलाई मत दिनुपर्ने बताए। नेपाली कांग्रेसले जितेको वडामा एमालेको लहर छाएको भन्दै राम्रो काम गरको भए काँग्रेस हुनुपर्ने तर एमालेको लहर भएका बताएका छन् ।


त्यस्तै कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले विजय प्राप्त गरेपछि ५ वर्षमा आफनो पार्टीले गरेका विकास निर्माणका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले टोल टोलमा देखिएका समस्यालाई जनस्तरबाट बुझ्ने भन्दै निर्वाचन पछि ती समस्यालाई पुर्ण गर्ने लागि पर्ने बताइन् उहाँले थोरै बोल्ने, धेरै गर्ने मेरो प्रतिबद्धता सहित तपाईहरुको बिचमा आएका छौँ,सुर्य चिन्हमा एक पटक भोट दिएर विकास गर्ने मौका दिन आग्रह समेत गरेकि छिन् ।

त्यस्तै कैलाश गाउँपालिकाका जिल्ला सदस्य सानुभाई बिष्टले नजिकिंदै जाँदा एमालेलाई आम मतादाताबाट धेरै नै सकारात्मक प्रतिक्रिया र साथ आइरहेको  बताएका छन् । नेता बिष्टको अनुसार पार्र्टीका आफ्ना उमेद्वारले कैलाशको वडा नम्बर १ ,२ , ५ र ६ को विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।