२०८१ बैशाख १७, सोमबार    

जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका कार्कीको उम्मेद्वारी

२०८० कार्तिक १५, बुधबार १७:२७ बजे

नेपाल जेसीज बर्ष २०२४ को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले उम्मेद्वारी दिएका छन् ।

राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्की पालुङ जेसीजमा २०१२ र २०१३ मा साधारण सदस्य, २०१४ मा खेलकुद संयोजक, २०१५ मा स्वयंसेवक संयोजक, २०१६ मा सदयता विस्तार संयोजक, २०१७ मा बर्ष कार्यक्रम संयोजक, २०१८ मा सुरेन्द्रमान ओराटरी कन्टेस्ट संयोजक, २०१९ मा उपाध्यक्ष, २०२० कोषाध्यक्ष, २०२१ मा महासचिव, २०२२ कानुनी सल्लाहकार, २०२३ मा शाखा अध्यक्षहुँदै २०२४ का लागि राष्ट्रिय उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन् ।

२० बर्ष पछि पालुङ जेसीजलाई राष्ट्रिय पदाधिकारी प्राप्त गराउनको लागि आफ्नो उम्मेद्वारी रहेको राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्कीले जानकारी दिए ।
कार्कीले संस्थाको गरिमालाई उच्च बनाउँदै आफ्नो क्षमताले भ्याएसम्म क्रियाशिल रहने बताए ।

नेपाल जेसीजका निर्वाचन आयुक्त लालमणी भण्डारीका अनुसार निर्वाचन कार्यक्रम अन्तरगतको उम्मेद्वारीे तालिम, अन्तरवार्ता, ककश पश्चात मंसिर २९ देखि पौष २ गतेसम्म बुटवलमा हुने ५० औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

नेपाल जेसीज बर्ष २०२४को लागि १ अध्यक्ष पदका लागि ५ जनाको उम्मेद्वारी परेकोछ । कार्यकारिणी उपाध्यक्ष ४ जनाको लागि १३ जनाको र १२ जना उपाध्यक्ष पदका लागि २२ जनाको उम्मेद्वारी परेकोछ ।