२०८१ बैशाख २१, शुक्रबार    

मकवानपुरको लगातार दोस्रो जीत

२०७८ चैत्र १६, बुधबार १६:५६ बजे

चितवनको भरतपुरमा जारी त्रिपक्षिय एकदिवसिय भरतपुर मेयर कप क्रिकेट प्रतियोगितामा मकवानपुरले लगातार दोश्रो विजय हासिल गर्दै फाइनल मा आफ्नो स्थान पक्का वनाएको छ ।
बुधबार भएको खेलमा मकवानपुरले घरेलु टोली चितवनलाइ ४४ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको मकवानपुरले ४१ दशमलब १ ओभर मा सम्पुर्ण विकेट गुमाइ २ सय २१ रन बनाएको थियो ।

ब्याटर शुभ कंशकार ले ४१ विशाल फुँयालले ३६, आकास घिमिरेले ३१ तथा कप्तान राम नरेश गिरिले २५ रनको योगदान गरेका थिए । बलिङ तर्फ चितवनका गौतम केसीले सर्वाधिक ३ विकेट लिएका थिय । २ सय २२ रनको लक्ष्य पक्ष्यााएको चितवन ३३ दशमलब ४ ओभरमा सम्पुर्ण विकेट गुमाएर १ सय ७७ रनमा सिमित भएपछि मकवानपुरले जीत हासिल गरेको हो ।

बलिङ तर्फ मकवानपुरका रिजन ढकालले ३ तथा रामनरेश गिरि, अशिम श्रेष्ठ र विपुल खनालले समान २।२ विकेट लिएका थिए कप्तान राम नरेश गिरि प्लेयर अफ द म्याच घोषित भएका छन । यस अघि हिजो सम्पन्न खेलमा मकवानपुरले नवलपुर लाइ १ सय १६ रनले पराजित गरेको थियो । विहिवार हुने फाइनल खेलमा मकवानपुरले नवलपुरको सामना गर्ने छ ।