२०८१ बैशाख १३, बिहीबार    

प्रधानमन्त्री क्रिकेटमा मकवानपुर च्याम्पियन

२०७९ कार्तिक ४, शुक्रबार १९:०४ बजे

वाग्मती प्रदेशस्तरीय प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मकवानपुर च्याम्पियन बनेको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा ललितपुरलाई २ विकेटले हराउँदै मकवानपुर विजेता बनेको मकवानपुर क्रिकेट संघका कार्यवाहक सचिव बिनोेद कुमार बानियाँले जानकारी दिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४० ओभरको गेममा ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । यस्तै ललितपुरले १ सय ४९ रन बनाएको थियो । मकवानपुरलाई जित दिलाउन ५ विकेट लिएका मकवानुरका पियुश शर्मा म्यान अफ द म्याच घोषित भइ , शर्मालाई मकवानपुरका पूर्व खेलाडी उत्सव सिग्देलले ५ विकेट लिए बापत १३ हजार नगद प्रदान गरेका थिए ।