२०८० चैत्र १५, बिहीबार    

मीना २९० मतले अगाडि

२०७९ जेठ २, सोमबार २२:१६ बजे

हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले आफ्नो अग्रतालाई कायम राखेकी छन् ।

राति १० बजेसम्म मतगणना अनुसार लामाले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई २९० मतले पछाडि पारेको छ । कुल १७ हजार ५२२ मत गणना हुँदा लामाले ५ हजार ४९७ र सिंहले ५ हजार २०७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार अनन्त पौडेल तेस्रो स्थानमा रहेका छन् । पौडेलले ४ हजार ५७३ मत प्राप्त गरेका छन् ।

पौडेल लामाभन्दा ९२० मतले पछाडि छन् ।