२०८१ बैशाख १७, सोमबार    

प्रचण्ड आइतबार हेटौंडा आउने

२०८० भाद्र २३, शनिबार १४:५७ बजे

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार हेटौंडा आउने भएका छन् ।

समाजवादी मोर्चाको वाग्मती प्रदेश भेलालाई सम्बोधन गर्न प्रचण्ड हेटौंडा आउन लागेका हुन् । उनीसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादब र नेकपा अध्यक्ष नेक्रवित्रम चन्द्र विप्लवलगायत नेताले हेटौंडामा हुने भेलालाई सम्बोधन गर्ने निश्चित भएको शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नेकपा समाजवादी वाग्मती प्रदेश अध्यक्ष सावित्री भुषालले पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको र समाजवादी मोर्चाको विषयमा वक्ताहरुले आफ्नो भनाइ राख्ने कार्यक्रम रहेको बताइन् ।