२०८१ बैशाख ८, शनिबार    

ओलीमाथि बानियाँको गम्भीर आरोप

२०७९ कार्तिक १४, सोमबार ११:४४ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नं. २ (ख) प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर यो ब्यवस्थाको अन्त्य गर्नेसंग ओलीले लठबन्धन गरेको बताएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनको सोमबार बिहान बस्तीपुरमा भएको चियापान, अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेता बानियााले शान्ति प्रक्रिया, संविधान र ब्यवस्था बचाउन लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताउँदै ओली यो ब्यवस्थाको अन्त्य गर्न धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर गणतन्त्र मास्न खोजिरहेको बताए ।

जनताको छोराछोरी राष्ट्रपति, उपराष्ट्रपति हुने यो ब्यवस्था जति अर्को व्यवस्था नभएको बताउादै मकवानपुर क्षेत्र नं. २ ख का प्रदेशसभा सदस्य उम्मेदवार बानियााले अब भनेको विकाश निर्माण र जनताको अवस्था परिवर्तन गर्न लागिपर्ने बताए ।

झण्डै दुइ तिहाईको एमालेले देश र सातै प्रदेशको सााढे तीन वर्ष नेतृत्व गर्दैगर्दा झुटा आश्वासन र सपनाबाहेक केही नबााढेको बताउादै नेता बानियााले पछिल्लो १० महिना लकतान्त्रिक गठबन्धनले नेतृत्व गर्दा मकवानपुरको क्षेत्र नम्बर २ मा मात्रै सडक, पुल, खानेपानीलगायतमा अरबौंको बजेट हालेको यहााका जनतामा जगजाहेर रहेको बताए ।

 

यो गठबन्धनका नेता, नीति, नियत र जनताप्रतिको समर्पण रहेको बताउादै उम्मेदवार बानियााले स्थानीय निकाय निर्वाचनमा भएका तिक्तता र नमिलेको मन मिलाउादै गठबन्धनलाई जिताउन सम्पूर्ण गठबन्धनका नेता कार्यकर्ता लाग्न आग्रह गरे ।

नेपाली कांग्रेस हेटौंडा १९ का सभापति विष्णुलाल स्याङतानको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार विरोध खतिवडा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य धनप्रसाद गौतम, माओवादी केन्द्रका बीरबहादुर घलान ज्वाला, कांग्रेस मकवानपुर क्षेत्र नं. २ का संघीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस मकवानपुर २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, नेकपा समाजवादीको जिल्ला सचिवालय सदस्य राजकुमार भेटवाल, माओवादी केन्द्रका सकन्वय समितिका प्रकाश थोकरलगायतले मन्तव्य ब्यत्त गरे ।