२०८१ बैशाख १४, शुक्रबार    

विद्रोह गरेको भन्नु एमालेलाई सहयोग गरेको हो ; इन्द्र बानियाँ

२०७९ बैशाख २३, शुक्रबार १७:०३ बजे

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धनका तर्फबाट विद्रोह गर्ने उम्मेदवारले एमालेलाई सहयोग गरेको बताएका छन् । शुक्रबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति बानिँयाले गठबन्धनको तर्फबाट बागी उम्मेदवारी दिएका उम्मेदवारले एमालेलाई सहयोग गरेको बताए ।


‘कतिपय साथीहरूले विद्रोह गरे भनेका छन् । उहाँले त एमालेलाई सहयोग गरेको हो । हाम्रा उम्मेदवारलाई जिताएर अघि बढ्नुको विकल्प छैन्,’ उनले भने । एमालेबाट उठेका उम्मेदवार केशव स्थापितलाई चयन गर्दा केपी ओलीले आफू जस्तै हावादारी मान्छे खोजेको बताए । अनुशान नै नभएको मान्छेलाई ओलीले टिकट दिएको उनको आरोप छ ।

राजनीति न्याय, गरिब, सर्वहारा लगायतको लागि भएको भन्दै मेयरमा सृजना सिंहलाई जिताएर जनताले न्याय दिने बताए । नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंंगोलतर्फ लक्षित गर्दै कलेज पढ्ने भर्खरको व्यक्तिलाई उठाएको बताए । ‘कलेज पढ्नेलाई होइन, नलेज हुनेलाई जिताउने हो । एमालेले भर्खरको कलेज पढ्नेलाई टिकट दिएको छ,’ उनले भने ।