२०८१ बैशाख २१, शुक्रबार    

कांग्रेस चोकमा चुनावी रन्को

२०७८ फाल्गुन १५, आईतबार ११:३३ बजे

हेटौंडा–२ स्थित कांग्रेस चोकमा चुनावी रन्कोले तातेको छ । नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशन आइतबार र सोमबार हेटौंडामा हुँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता तथा अन्य प्रक्रिया पूरा गरेपश्चात् सोमबार विहानबाट मतदान हुनेछ । अहिले कांग्रेस चोकमा उम्मेदवार, क्षेत्रीय तथा प्रदेश प्रतिनिधि, नेता तथा कार्यकर्ता विभिन्न अड्कलबाजी गरिरहेका छन् । केही नेताहरु मत मागिरहेका छन् । कोही आफ्नो र आफू निकटकलाई कसरी व्यवस्थापन गर्ने भनेर तयारीमा जुटिरहेका छन् ।

अहिले कांग्रेस चोक प्रचा, पम्प्लेट, व्यानरले भरिएको छ । उम्मेदवारहरुले आआफ्नो फोटोसहित नमस्कार गरेर मत मागेको व्यानरले अहिले कांग्रेस चोक रंगिएको छ । कांग्रेस सभापतिका लागि तीनजनाले दावेदारी प्रस्तुत गरिरहेका छन् ।