२०८१ बैशाख १९, बुधबार    

दूधको अनुदान तत्काल उपलब्ध गराउन किसान महासंघको माग

२०८० असार १७, आईतबार १७:०० बजे

नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघले प्रदेश सरकारले दूध उत्पादनमा प्रतिलिटर उपलब्ध गराउने भनिएको अनुदान तत्काल उपलब्ध गराउन माग गरेको छ ।

महासंघ अध्यक्ष मिरा स्याङ्तानले आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको ध्यानाकर्षण गराउँदै किसानहरुलाई प्रत्यक्षरुपमा राहतस्वरुप दुग्ध लिटरमा प्रदान गर्दै आएको रकम आर्थिक वर्षको अन्तिम सम्म पनि उपलब्ध हुन नसकेको कारण किसानहरु अन्यन्त चिन्तित भएको बताएकी छन् ।

लामाले पशुपालन र दुग्ध उत्पादनको क्षेत्र विस्तारै आत्मनिर्भर तर्फ उन्मुख रहेको सन्दर्भमा हाल महामारीकोरुपमा दुधालु गाई, भैंसीमा देखिएको लम्कीस्किन भाइरसका कारण हजारौं संख्यामा दुधालु गाई, भैंसीको मृत्यु भइरहेको अवस्थामा किसानलाई थप पीडा दिन नहुने बताइन् ।