२०८१ बैशाख १२, बुधबार    

बानको वरिष्ठ उपाध्यक्षमा चौलागाई, प्रदेश संयोजकमा पौडेल

२०७९ भाद्र ६, सोमबार १५:२६ बजे

निजी रेडियो सञ्चालकहरुको संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) को अठारौं महाधिवेशनबाट मकवानपुरका रेडियो सञ्चालक उज्ज्वल चौलागाई राष्ट्रिय समितिको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । 

आइतबार सम्पन्न महाधिवेशनले कुमार भट्टराईलाई अध्यक्षतामा २९ सदस्यीय राष्ट्रिय समिति चयन गरेको छ । यसअघि भट्टराई वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष थिए । यस्तै महाधिवेशनबाट मकवानपुरका रेडियो सञ्चालक गंगा पौडेल बागमती प्रदेश संयोजक चयन भएका छन् ।

पौडेल हेटौंडाको रेडियो आकाशगंगाको प्रबन्ध निर्देशक हुन । देशभरका ३ सय भन्दा बढी रेडियोका सञ्चालकको सहभागिता रहेको बानको महाधिवेशनको उद्घाटन कार्यक्रम राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको प्रमुख आतिथ्यमा भएको थियो ।