२०८० चैत्र १६, शुक्रबार    

हेटौंडा–३ मा बानियाँको घरदैलो

२०७९ कार्तिक २३, बुधबार १३:५८ बजे

लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । बुधबार बिहान बानियाँ, क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार रहेका विरोध खतिवडा सँगसँगै हेटौंडा– ३ नम्बर वडाका मतदाताको घरघरमा मत माग्न पुगेका छन् ।

उनीहरुले हेटौंडा–३ को सरस्वती टोल, मनकामना टोल, बसा महादेव टोल र सिमलथली टोलमा घरदैलो कार्यक्रम गरेका थिए । घरदैलोको क्रममा बानियाँ र खतिवडाले मतदाताहरुलाई गठबनधनले बोकेको एजेन्डा र आम जनताको लागि तयार गरिएको योजनाहरु बताउँदै गठबन्धनको पक्षमा मतदान गर्न अनुरोध गरे । घरदैलो कार्यक्रममा बोलदै कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँले आफू लामो समयदेखि जनताको पीर मर्का र दुःख सुखमा साथै रहेको भन्दै आगामी दिनमा पनि जनपक्षीय कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

निर्वाचनमा कहिले जनतामाझ नआउनेहरु पनि उम्मेदवार भई झुठा आश्वासन बोकेर गाउँघरमा आउने गरेकोले उनीहरुको भ्रममा नपर्न बानियाँले आग्रह समेत गरे । उम्मेदवारहरको कुरा सुने पश्चात् त्यहाँका मतदाताले उनीहरुलाई जितको शुभकामना दिएका थिए । आजै लोकतान्त्रिक बाम गठबन्धनको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा चुनावी सभाको आयोजना गरिएको छ ।