२०८१ बैशाख १७, सोमबार    

१९ जनाद्वारा रक्तदान

२०८० कार्तिक १५, बुधबार १६:५० बजे

हेटौंडा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रमको फहिलो दिन बुधबार रक्तदान कार्यत्रम सम्पन्न झएको छ । हेटौंडा–१ स्थित रक्तसञ्चार केन्द्रमा आयोजित कार्यत्रममा १९ जनाले रक्तदान गरेका थिए ।

लेडी जेसीज अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाकी मन्त्री सुमित्रा काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि काफ्लेले जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको विषयमा चर्चा गरेकी थिइन् ।

‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने विषय जेसीजको आस्था फाठमै रहेको छ । त्यसकारण हामीले रक्तादान कार्यत्रम आयोजना गरेका हौं ।’, जेसीज अध्यक्ष घर्तीले झनिन् । रक्तदान कार्यत्रममा सलोनी बाकाजु कार्यक्रम संयोजक रहेकी थिइन् ।