जंगाली हाक्तीको आत्रमणबाट मकवानपुरमा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका–६, प्रतापपुर का ५६ वर्षीय कालेबहादुर राईको हाक्तीको आत्रमणबाट मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भैंसी चराउन गएका राईको हाक्तीको आत्रमणबाट मृत्यु भएको हो ।
बिहीबार बिहान १० बज राईसहित स्थानीय ३ जना निकुञ्जभित्रको जंगलमा भैंसी चराउन गएका थिए । भैंसी चराऊने क्रममा हात्तीले राईलाई आत्रमण गरेको थियो । हाक्तीको आत्रमणबाट राईको घटना स्थलमा नै मृत्यु भएको थियो भने अन्य स्थानीय भागेका थिए ।
राईसँग गोठाला गएका अन्य स्थानीयहरुले निकुञ्ज सुरक्षाको लागि खटिएका नेपाली सेनालाई शुक्रबार बिहान जानकारी गराएका थिए । स्थानीयको खबरपश्चात् सेनाले इलाका प्रहरी कार्यालय मनहरीलाई जानकारी गराएको थियो । जानकारीपश्चात् प्रहरी टोली घटना स्थलमा पुगेको थियो । राईको शव पोष्टमार्टमका लागि हेटाौडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।