२०८१ बैशाख १३, बिहीबार    

गढीमा एमालेलाई जिताउन आचारसंहिता मिचेर कर्मचारी चुनाव प्रचारमा

२०७९ बैशाख २२, बिहीबार ०९:४५ बजे

मकवानपुरगढीका कर्मचारी चुनावी प्रचारमा आसन्न स्थानीय निर्वाचनमा कर्मचारीहरुनै चुनाव प्रचारप्रसारमा लागेको पाइएको छ ।

सरकारी सेवा सुविधा लिने कर्मचारी आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा लागेका हुन् । मकवानपुरगढीका स्वास्थ्य शाखाका कर्मचारी रमिला घलानले एमाले उम्मेदवारलाई मतदान गर्न भनी चुनावी अभियानमा लागेकी छिन् । उनी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको चुनावी प्रचारमा व्यस्त रहेकी छिन् । उनी सँगै वडा नम्बर ३ कार्यालयका कर्मचारी सन्जिता अधिकारी पनि वडा अध्यक्ष भागवत घिमिरेको चुनाव प्रचारप्रसारमा लागेकी छिन् ।

मकवानपुरगढी मात्रै नभई हेटौंडामा पनि कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायतका सरकारी कर्मचारीहरु आचारसंहिता उल्लघन गर्दै चुनावी कार्यक्रममा सहभागि भएका छन् ।