२०८० चैत्र १६, शुक्रबार    

एमालेको चियापानमा कमल थापाको उपस्थितिले तरंग

२०७९ आश्विन १३, बिहीबार १०:११ बजे

नेकपा एमाले मकवानपुरद्वारा विहीबार विहान चाडपर्वको सन्दर्भ पारेर आयोजित शुभकामना आदानप्रदान तथा चियापन समारोहमा राप्रपा नेपाल केन्द्रीय अध्यक्ष कमल थापा उपस्थितिले जिल्लाको राजनीति तरंगित भएको छ ।

एमालेको सहयोगमा मकवानपुर क्षेत्र नम्बर–१ बाट चुनाव उठ्ने तयारी गरिरहेको थापाको उपस्थितिलाई राजनीतिकरुपमा अर्थपूर्णरुपमा हेरिएको हो । अघिल्लो संघीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएको थापा मंसिर ४ मा हुने निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

थापाले चुनाव लक्षित गरी एमाले पार्टी कार्यालय रहेको स्थानभन्दा करिब १५० मिटर टाढाको दुरीमा आफ्नो पार्टी कार्यालय समेत स्थापना गरेका छन् ।

पहिलो पटक हेटौंडा–५, सानोपोखरास्थित एमाले पार्टी कार्यालय पुगेका थापाले वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठलगायतसँग केही समय गफगाफ गरेका थिए ।
थापाले चुनाव लक्षित गरी निर्वाचन क्षेत्रमै घरदैलो समय सुरु गरिसकेका छन् । एमाले नेताहरु उक्त क्षेत्रबाट थापा उम्मेदवार हुने पक्कापक्की भइसकेको प्रतिक्रिया दिन सुरु गरिसकेका छन् ।