२०८१ बैशाख २१, शुक्रबार    

मकवानपुरमा एमालेले जोगाउला विरासत ?

२०७९ कार्तिक १४, सोमबार १२:४७ बजे

मकवानपुर नेकपा एमालेको लालकिल्लाको रुपमा परिचित जिल्ला हो । स्थानीय तहको निर्वाचन देखि प्रदेश तथा संघीय निर्वाचनमा समेत आफ्नो वर्चस्व बनाउादै आएको एमाले मकवानपुरको साख गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भत्किन पुग्यो ।

१० वटा स्थानीय तह रहेको मकवानपुरमा इन्ऽसरोवर गाउापालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले हात पार्यो भने भीमफेदी गाउापालिकाको अध्यक्ष एमालेको पोल्टामा पर्यो । १० मध्ये २ गाउापालिकामा मात्रै जित हासिल गरेको एमाले मकवानपुर आगामी मंसिर ४ को निर्वाचनमा संघ र प्रदेशमा आफ्नो विरासत यथावत् राख्ने तयारीमा छ ।

दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दुवै क्षेत्रबाट नेकपा एमालेकै जित भएको थियो । क्षेत्र नम्बर १ मा कृष्णप्रसाद दाहाल र २ मा विरोध खतिवडा विजयी भएर संघीय सांसद बनेका थिए । ०७४ सालको निर्वाचनमा राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै दाहाल प्रतिनिधिसभा सदस्य बनेका हुन् । अघिल्लो निर्वाचनमा दाहालले ४० हजार ६ सय ३१ मत पाएर विजयी भएका थिए भने थापा ३४ हजार ६५८ मत ल्याएर पराजित भएका थिए ।

यता, मकवानपुर–२ मा तत्कालीन एमालेबाट विरोध खतिवडा विजयी भएका थिए । ०७४ को निर्वाचनमा खतिवडाले कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’लाई ११ हजार ९ सय ६३ मतान्तरले पराजित गरेका थिए । खतिवडाले ४४ हजार ७ सय ४४ मत प्राप्त गर्दा डिनाको पोल्टामा ३२ हजार ६ सय ८१ मत परेको थियो । यसपटक मकवानपुरको दुवै प्रतिनिधिसभा क्षेत्रमा एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती बनेको छ ।

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका खतिवडा क्षेत्र २ मा निरन्तर ४ पटकसम्म आफ्नो जित सुनिश्चित गर्दै एमालेको साख जोगाएक थिए । तर, यसपटकको निर्वाचनमा खतिवडालाई पार्टी परिवर्तनको झड्का र एमालेलाई नयाा अनुहारको उम्मेदवारको चिन्ता थपिएको छ ।

चुनौती बन्दै गठबन्धन

मकवानपुरमा एमालेलाई आफ्नो विरासत जोगाउन सत्ता वाम–लोकतान्त्रिक गठबन्धन चुनौती बन्ने पक्का छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्ऽ, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी मिलेर बनेको गठबन्धनसाग चुनावी मैदानमा उत्रिएर दुईवटै क्षेत्रमा आफ्नो साख जोगाउनु एमालेको लागि चुनौती हो । गत स्थानीय तह निर्वाचनमा पनि सत्ता गठबन्धन दलसागैको प्रतिस्पर्धाले धेरैवटा पालिकामा आफ्नो विरासत जोगाउन नसकेको एमाले मकवानपुर आगामी मंसिर ४ को निर्वाचनमा संघमा गठबन्धनलाई हराएर विरासत जोगाउन चाहन्छ ।

क्षेत्र नम्बर १ मा एमालेबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र क्षेत्र नम्बर २ का लागि नेकपा एमाले बागमती प्रदेशका उपमहासचिव समेत रहेका महेशकुमार बर्तौलाले जिते विरासत जोगिन्छ । तर, पराजित भए एमालेको ३ दशक देखिको एकलौटी साख भत्कने निश्चित छ ।

कहिल्यै नजितेका थापा

जिल्लाको दुईवटा क्षेत्रमा एमालेले क्षेत्र नम्बर १ मा पटक/पटक निर्वाचनमा होमिए पनि सफलता हात पार्न नसकेका उम्मेदवारलाई अघि सारेको छ । क्षेत्र नम्बर १ मा राप्रपा नेपालका केन्ऽीय अध्यक्ष कमल थापा सूर्य चिह्न लिएर एमालेकै समर्थनमा चुनावी मैदानमा छन् । थापालाई जित आफ्नो पोल्टामा पारेर एमालेको विरासत जोगाउन दबाब उत्तिकै छ ।

बहुदल स्थापनापछि प्रतिनिधिसभाको निर्वाचनमा अहिलेसम्म नेकपा एमाले हावी हुादै आएको क्षेत्र नम्बर १ मा ०५१ मा राप्रपा, ०६४ को पहिलो संविधानसभामा माओवादी, ०७० को दोस्रो संविधानसभामा नेपाली कांग्रेस विजयी भएको थियो भने पुन: ०७४ मा एमालेले नै जित हासिल गरेको थियो । अर्थात् एमाले ०४८, ०५६ तथा ०७४ मा विजयी भएको थियो ।

 

यता, मकवानपुर–२ मा तत्कालीन एमालेबाट विरोध खतिवडा विजयी भएका थिए । ०७४ को निर्वाचनमा खतिवडाले कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’लाई ११ हजार ९ सय ६३ मतान्तरले पराजित गरेका थिए । खतिवडाले ४४ हजार ७ सय ४४ मत प्राप्त गर्दा डिनाको पोल्टामा ३२ हजार ६ सय ८१ मत परेको थियो ।
यसपटक मकवानपुरको दुवै प्रतिनिधिसभा क्षेत्रमा एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती बनेको छ ।

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका खतिवडा क्षेत्र २ मा निरन्तर ४ पटकसम्म आफ्नो जित सुनिश्चित गर्दै एमालेको साख जोगाएक थिए । तर, यसपटकको निर्वाचनमा खतिवडालाई पार्टी परिवर्तनको झड्का र एमालेलाई नयाा अनुहारको उम्मेदवारको चिन्ता थपिएको छ ।

नयाा अनुहारका बर्तौला

क्षेत्र नम्बर २ मा नयाा पुस्ता नेकपा एमाले बागमती प्रदेशका महासचिव महेशकुमार बर्तौला उम्मेदवार छन् । विद्यार्थी जीवन देखि नै राजनीतिमा लागेका बर्तौला एक भाग्यमानी नेता पनि हुन् । जसले आफ्नो पहिलो निर्वाचनको टिकट नै प्रतिनिधिसभा सांसदको पाए । बर्तौलालाई पनि जित्नैपर्ने दबाब छ ।

उनीमाथि एमालेको बिरासत जोगाउनुपर्ने चुनौती छ । ०४८ पछिका निर्वाचनमा सो क्षेत्रमा एमालेले एकपटक मात्र हार व्यहोरेको छ । ०६४ मा जिल्लाका सबै क्षेत्रमा माओवादी केन्ऽले जित्दा सो क्षेत्रमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । त्यसपछिका सबै निर्वाचनमा एमालेले विरासत कायम राख्दै आएको छ ।

आफ्नो राजनीतिक गुरुविरुद्ध चुनाव लड्न मैदानमा होमिएका उनले एमाले कार्यकर्ता, युवा र विद्यार्थीहरुको मत आउने अपेक्षा गर्दै त्यसैलाई नै उनले आफ्नो चुनाव जित्ने आधार मानेका छन् ।