२०८० चैत्र १६, शुक्रबार    

अमेरिकन क्लब वाग्मती गोल्डकपको फाइनलमा

२०७९ पौष ३०, शनिबार १७:०५ बजे

भुटनिज स्पोर्टस् क्लब अमेरिका पाँचौं संस्करणको वाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा जावलाखेल युथ क्बललाई १–० गोलअन्तरले पराजित गर्दै भुटनिज उपाधी नजिक पुगेको हो । भुटनिजको जीतमा एकमात्र निर्णायक गोल प्रबिण बस्नेतले गरेका थिए । उनले ३४ औं मिनेटमा गोल गरेका हुन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मकवानपुर ११ र संकटा क्लबवीच आइतबार प्रतिस्पर्धा हुनेछ ।

वाग्मती–८ स्थित जनता मावि खेल मैदानमा जारी प्रतियोगिताको फाइन पुस ३ गतेहुनेछ । प्रतियोगिताको विजेताले नगद ८ र ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।